काठमाडौं । इण्डियन प्रिमियर लिग(आईपीएल)को आजको खेलमा पंजाब किंग्सले लखनउ सुपरजायन्ट्सलाई पराजित गरेको छ ।
लखनउमा भएको खेलमा पंजाबले लखनउलाई ८ विकेटले पराजित गरेको हो । जारी आईपीएलमा पंजाबको यो लगातार दोस्रो जित हो। लखनउ भने तीन खेलमध्ये दुई खेलमा पराजित तथा एकमा विजयी भएको छ ।
लखनउले जितका लागि दिएको एक सय ७२ रनको लक्ष्य पंजाबले १६.२ अोभरमा २ विकेट गुमाएर पुरा गर्यो । पंजाबका कप्तान श्रेयस ऐअर र ओपनर प्रभसिमरन सिंहले अर्धसतक बनाए ।
ऐअरले ३० बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५२ रन बनाए भने प्रभसिमरनले ३४ बलमा ९ चौका र तीन छक्का प्रहार गर्दै सर्वाधिक ६९ रन बनाए । यस्तै नेहाल बडेराले २५ बलमा ३ चौका र ४ छक्का प्रहार गरि ४३ रन बनाए । लखनउका दिग्भेष राठीले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० अोभरमा ७ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो । लखनउका निकोलस पुरनले सर्वाधिक ४४ रन तथा आयुष बडोनीले ४१ रन बनाए । यस्ते ऐडेन मार्करमले २८ रन बनाउँदा अब्दुल समदले २७ रन बनाए । पंजाबका अर्शदीप सिंहले तीन विकेट लिए ।




















प्रतिक्रिया