Logo

गण्डकी प्रदेश

कर्तव्य ज्यान मुद्दाका फरार व्यक्ति १६ बर्षपछि आफ्नै घरबाट पक्राउ



दाङ प्रहरीले कर्तव्य ज्यान मुद्दाको फरार एक व्यक्तिलाई १६ बर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ११ कटाहा निवासी ४७ बर्षीय लिलाधर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

भण्डारीलाई सर्वोच्च अदालतले २०६१ चैत्र २९ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै ५ बर्ष वर्ष कैद सजाय फैसला गरेको थियो ।

उनी सोहि समय देखी फरार भएको र खोजतलास गर्दै जाँदा आइतबार बिहान करिब साढे १० बजे उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए । भण्डारीलाई सोमबारनै  दाङ देउखुरी जिल्ला अदालतमा पेश गरिएको उहाँले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलवार ११:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।