Logo

प्रमुख समाचार

‘काँग्रेससँगको सहकार्य २०८४ को चुनावपछि पनि कायम रहन्छ’ : प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेससँगको सहकार्य २०८४ को चुनावपछि पनि कायम रहने दाबी गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले आजभोलि नै सरकार परिवर्तन हुने हल्लामा कुनै सत्यता नभएको बताए ।

उनले भने, ‘हाम्रो देशलाई अब विकासमा अगाडि बढाउन एकपछि अर्को अनुकूलता छ । देशमा सबैभन्दा ठूला योगदान गरेका, इतिहास बोकेका जिम्मेवार पार्टी कम्फर्टेबल बहुमतसहित सरकारमा छन् । स्थिरता र स्थायित्व छ, रहन्छ पनि । अहिले सरकार परिवर्तन भइहाल्छ अर्को आइहाल्छ भन्ने स्थिति छैन । यो २०८४ को चुनावसम्म जान्छ र त्यसपछि पनि यो सिलसिला कायम रहन्छ ।’

प्रधानमन्त्री ओलीले दुई ठूला पार्टी मिलेर सरकार बनाएकाले देशमा तीव्र विकासको अवसर भएको जिकिर गरेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार ०७:००   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।