काठमाडौं । सरकारलाई राजावादी राप्रपाले नाङ्गै बनायो । कांग्रेसको गृह प्रशासन एमालेका प्रधानमन्त्री असफल भएकै हुन् ।
पार्टी कार्यकर्ता रूपी फौजी र निजामति प्रशासनमा निष्पक्षता छैन । त्यही कारण चैत १५ गतेको तीनकुने आतंक भएको हो । कांग्रेसले बदनाम पात्र दिपक खड्का असक्षम पात्रहरू तेजुलाल चौधरीलाई फिर्ता गर्नुपर्थ्यो ।
किनकी गृहमन्त्रीको लुटाइ नै भए चौधरी खेलकुदको ‘ख’ पनि नबुझ्ने प्रिन्सिपल परेकाले उनलाई खेलकुद जरुरी छैन विद्यार्थीको चिन्ता छ । ओली सरकारले भ्रष्ट तस्कर र माफियालाई राम्रै गरेको छ । सरकारले विधेयक अधिवेशन सकेको छ । यसपटक ११ वटा विधेयक पास भएका छन् ।
१० वटा विधेयक समितिमा फर्किए । आज पनि प्रधानमन्त्रीलाई माफिया कै वरपर बस्ने वामपन्थी खेद्नु नै जबज भन्नुछ । ओलीवाद नेपालको कलंक हो । कांग्रेसले किन बोक्यो ? यहाँ गिरिबन्धु देखि नक्कली भुटानी प्रकरण हुन अमेरिकाबाट नक्कली खेदिएको अवस्थामा सरकारका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको समेत भण्डाफोर हुनेछ ।
सरकारलाई जनताको सेवा र सुविधाको चासो छैन । तस्करी मौलाएकै छ । माफिया चम्केकै छन् । राष्ट्र बैंकमा गर्भनर बनाउन प्रधानमन्त्रीले कसलाई अगाडि सार्ने हुन धेरैले प्रकाश श्रेष्ठ र अशोक शेरचन मध्ये एक गर्भनर हुने भन्छन् ।
काँग्रेसले गुणाखर भट्ट र रविन्द्र पाण्डे मध्ये एक जना अगाडि सार्दा व्यापारी उद्देश्यले चासो लिने डलरपति सांसद विनोद चौधरीको ज्ञानेन्द्र ढुङ्गनाले नाम लिएका छन् । ढुङ्गना हालै नबिल बैंकबाट अवकाश लिएर गर्भनर बन्न दौडधूप गरेका छन् । देशको समस्या कतै परिवर्तन भएन । लोकतन्त्र र लुटतन्त्रको साइनो राजनीतिले मिलाउँदै छ ।
त्यही कारण भ्रष्टहरू लोकतन्त्रवादी भएका छन् । नेकपा एमालेको ओली ब्राण्डलाई यो देशको सम्वृद्धि र विकासका बारेमा सरकार पक्ष र प्रतिपक्षलाई चासो छैन । सत्ताको खेलमा हामी लाग्दैनौं भन्दै गर्दा माओवादीले हुलाकी राजमार्ग यात्रा रोकेर राजधानी आयो ।
ज्ञानेन्द्रले एउटा वक्तव्य प्रकाशित गर्दा हल्लिएको गणतन्त्र जोगाउन एउटा पत्रकार र एक युवा घोषित रूपमा ज्यान दिनुपर्यो तर पनि भ्रष्टतन्त्रको लोकतन्त्रलाई कतै शत्रु नै लागे जस्तो भयो । कांग्रेस चुपचाप एमालेले गणतन्त्र जोगाउन मोटरसाइकल र्याली गर्यो । पेट्रोल किनदिने आपूर्ति मन्त्री छंदै थिए ।
दश लिटर पेट्रोलको कुपन लिएर र्यालीमा जाने एमालेका कार्यकर्ता कस्ता थिए सबै देखियो । प्रधानमन्त्री केपीले सबै मन्त्रालयमा हस्तक्षेप गर्दा कांग्रेस टट्टाएको छ । कांग्रेसका मन्त्रीहरू निराश छन् एमालेका मन्त्रीहरू ढुक्क छन् ।
कर्मचारी सरुवा गरेर पैसा कुमल्याएका भूमीसुधार मन्त्री र संघीय मामिला मन्त्रीको लुटले कर्मचारी प्रशासनलाई तहस नहस बनाको छ ।
बदनाम मन्त्री हटाउ
खेलकुदमन्त्री तेजुलाल हुन वा पर्यटन मन्त्री बद्री पाण्डे कांग्रेसमै विवादित भए भने ऊर्जामन्त्रीको लुटता विद्युत पिपीए नै काफि छ । ऊर्जाको लुटले देश हल्लेको छ । प्रमको कृपामा ८ अर्ब ६४ करोड ३३ लाख डुबेको खबर दबाबमा उल्लेख छ ।
एनसेलको १९ अर्बमा ६ अर्ब मिनाहले कम्बोडिया काण्ड आयो । प्रधानमन्त्री आफै बदनाम पात्र हुन् । उनी पनि यो मुलुकलाई सम्वृद्धि र विकासको बाटोमा लैजाने भन्दै छन् ।
माफिया कै वरपर रमाएको सरकारले जनताको समस्या चिनोस कसरी ?




















प्रतिक्रिया