Logo

प्रमुख समाचार

प्रतिनिधिसभाकाे एक स्थान रिक्त भएको आधिकारिक जानकारी



काठमाडौं । सभामुख देवराज घिमिरेले रुपन्देही क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको जानकारी दिएका छन् ।

प्रतिनिधि सभा सदस्य बोहराको चैत १९ गते निधन भएको थियो । सांसद बोहोराको उपचारको क्रममा निधन भएको हो ।

नेपालको संविधानको धारा ८९ को खण्ड च बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान रिक्त हुनआएकाले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१५ को उपनियम २ बमोजिम सूचना प्रकाशित गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार १०:४४   :  बजे

1.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।