Logo

प्रमुख समाचार

सरकारले नचाहिने काम गरेकाले अनावश्यक रुपमा जवाफ दिँदै हिँड्नुपरेको छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएर अनावश्यक निर्णय गरेको टिप्पणी गरेका छन् ।

धनकुटामा पुगेका महामन्त्री थापाले यो सरकार सफल बनाउन आफूहरुले काम गरिरहेको भए पनि अनावश्यक कामको पछि लागेको भन्दै आलोचना गरे ।

उनले भने, ‘यो सरकार सफल बनाउन हामीले काम गरिरहेका छौं । मेहनत पनि गरिरहेका छौं । परिणाम देउ भनिरहेका छौं । सरकारमा बसेका हाम्रा साथीहरुबाट देशभरि प्रशंसा गर्न पाउँ भनिरहेका छौं ।

कहिलेकाहीँ दुःख पनि लागिरहेको छ । चाहिने नचाहिने काम गर्दिनाले देशभरिका साथीहरुको बीचमा अनावश्यक रुपमा जवाफ दिँदै हिँड्नुपरेको छ ।’

महामन्त्री थापाले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई नगर्नुपर्ने कामको पछि नलाग्न आग्रह गरे । प्राधिकरणबाट कुलमानलाई हटाउने निर्णय लैजाने ऊर्जामन्त्री दीपक खड्का कांग्रेसकै हुन् । त्यसबारे उनले भने, ‘केही दिनअघि सरकारले एउटा निर्णय गर्‍यो ।

एउटा कर्मचारीको बारेमा, जुन निर्णय गर्ने पर्दैनथ्यो, त्यो अनावश्यक निर्णय गरेको कारणले अहिले साथीहरुले उत्तर दिँदै हिँड्नुपरेको छ ।

अनावश्यक रुपमा पार्टीका साथीहरुले सामाजिक सञ्जालमा, टोल-टोलमा हप्कीदप्की खानुपरेको छ । त्यसैले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई हामी भनिरहेका छौं, गर्नुपर्ने काम गर, नगर्नुपर्ने काम नगर । तिमीहरुले गरेको कामको प्रचार गरिदिन पाउँ न !’

उनले आफूले केही महिना स्वास्थ्य मन्त्रालय चलाउँदा गरेको कामबारे अहिले जहाँ पुगे पनि प्रशंसा हुने गरेको सुनाए ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आईतवार ०९:००   :  बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।