Logo

प्रमुख समाचार

नेपाली जनता दरिद्र छन्, परिवार चलाउन विदेशिनुपर्ने बाध्यता छ : बादल



काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपाली जनतालाई सुखी तुल्याउन र समृद्ध नेपाल बनाउनको लागि समाजवादी क्रान्तिको जरुरी औंल्याएका छन् ।

आज (शनिबार) सप्तरीको राजविराजमा आयोजित एमाले सप्तरी जिल्लाको अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालमा गरिबी रहेको र बेरोजगारीका कारण युवाहरु विदेसिन बाध्य भएको पनि बादलको दाबी छ । उनले भने,‘देशमा गरिबी छ, अहिले भएको रोजगारले जीवन धान्न गाह्रो छ । परिवार चलाउन गाह्रो छ, नेपाली जनता दरिद्र छन्, गरिब छन्, परिवार चलाउन विदेसिनुपर्ने बाध्यता छ ।’

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार २२:५१   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।