Logo

प्रमुख समाचार

ह्याम्स अस्पतालमा नक्कली डाक्टर



काठमाडौं । नामका अघि डक्टर लेख्न कुनै व्यक्तिले कि त चिकित्सक शिक्षा पास गरेको हुनुपर्छ कि त पिएचडी । पिएचडी गरेपनि नामको अघिल्तिर भन्दा पनि पछिल्तिर पिएचडी लेख्ने अन्तर्राष्ट्रिय मान्यता छ ।

तर, काठमाडौंमा रहेको ह्याम्स अस्पतालका सञ्चालकले भने यस्को प्रकृया नै पूरा नगरी नामको अगाडि डक्टर लेखेर दुनियाँ झुक्याईरहेको तथ्य बाहिरिएको छ ।

ह्याम्स अस्पतालको वेवसाईटमा लेखिए अनुसार सो अस्पतालका अध्यक्ष हुन्, आरएस भण्डारी उर्फ रामशरण भण्डारी । उनी सिन्धुपाल्चोकको साविक थुम्पाखर गाउँपालिका निवासी हुन् । पढाईमा सामान्य रहेका भण्डारीले गाउँकै बिद्यालयबाट एसएलसीसम्म पास गरेको नाम नबताउने सर्तमा उनकै क्लासमेट थापा थर गरेका एक व्यक्तिले जानकारी दिए ।

एसएलसी पास गरेसँग उनी म्यानेज सम्पत्ति कमाउने धुनमा काठमाडौं छिरे । स्थानीय पाटी डाँडामा रहेको महेन्द्रोदय माध्यामिक बिद्यालयमा पढेका उनका शिक्षक पनि नामको अगाडि डाक्टर लेखेको देखेर अचम्मित भएको बताउँछन् । ती शिक्षक भन्छन्, ‘रामशरण चिकित्सक हुने गरेर साईन्स पढ्ने खालको बिद्यार्थी त हुँदै होईन । पिएडी गर्ने ल्याकतमा पनि उनीमा थिएन, तर किन र कसरी डाक्टर लेखे मलाई नै अचम्म लागेको छ।’

माध्यमिक तहको पढाईमै त्यति संतोषजनक नतिजा ल्याउन नसक्ने रामशरणले कुनै पनि विश्वबिद्यालयमा अध्ययन गरेको प्रमाण फेला परेको छैन । तर उनले सिन्धु सर्जिकल सामान बेच्ने पसलमा काम गर्न बसेको तथ्य भने फेला परेको छ ।

सिन्धु सर्जिकलमा काम गर्दागर्दै अकुत सम्पत्तिका आर्जन गरेका भण्डारीको आयस्रोतका बिषयमा पनि सम्पत्ति शुद्धिकरणामा उजुरी परेको छ । ह्याम्स अस्पताल खोलेर सर्जिकल सामान आयात गर्ने भण्डारीले मोहनवहादुर बस्नेत स्वास्थ्य मन्त्री भएका बेला पनि करौडौको अनियमित काम गरेको समाचार समेत बाहिर आएको थियो ।

सिनधुपाल्चोकमा पनि सदावहार अस्पताल खोलेका भण्डारीले भक्तपुरमा पनि ह्याम्स अस्पताल खोलेका छन् । त्यसो त उनले दश करोड रुपैयाँ भन्दा धेरै लगानीमा सिन्धुपाल्चोकमा कृषि फर्म खोलेको बताउने गरेका छन् । तर यी सवै सम्पतिको बारेमा उनले पारदर्शिता देखाउन नसकेको उनका एक समकक्षीले बताए ।

हस्पिटलको बेवसाईमा आफ्नो नामको अगाडि डक्टर लेखेको बिषयमा भने भण्डारीले यो सामान्य प्रकृया भएको बताउँदै आएका छन् । उनको भनाई अनुसार कुनै संस्थाले पैसा लिएर उनलाई यो उपाधि दिएको हो । तर, यसरी पैसाले किनेर पाएको डाक्टर पद सँस्थाको वेवसाईमा लेख्न भने नमिल्ने जानकारहरु बताउँछन् ।

कानुनविद् बासुदेव ज्ञवाली आँफुले प्राप्त नगरेको पद लेख्दा ठगीको मुद्धा लाग्ने बताउँछन् । अध्ययन नै नगरी पाएको पद घरमा वोर्डमा झुण्ड्याउन पाएपनि सार्वजनिक संस्थामा खुलेआम रुपमा लेख्न  नपाइने र कसैले यसो गरेको पाईएमा ठगीको मुद्धा लाग्ने ज्ञवालीको भनाई छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आईतवार २०:४०   :  बजे

6.5K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।