Logo

प्रमुख समाचार

गणतन्त्रवादी र राजावादी त्रासमा ! दिल्लीदेखि लखनउसम्म हारगुहार जारी



काठमाडौं । नेपालका राजनीतिक पार्टीहरुमा राजसंस्था फर्किहाल्ने हो कि भन्ने त्रासमा छन् ।

त्यसो त राजावादीहरु आन्दोलन सुकेर जाने त होईन त्रासमा छन् । कतिसम्म छ भन्ने गणतन्त्रवादी र राजावादीहरुको पछिल्लो दौडधूपले एक आपसमा त्रासदिपुर्ण अवस्थामा रहेको पुष्टि गरेको छ । भारतीय संस्थापनले नेपालमा राजा नै फर्काईदिइहाल्ने हो कि भन्ने त्रासले देशभित्र चरम दमनमा उत्रिएका सत्ताधारीहरु भारतसंग भने लम्पसार गर्न पुगेको राजनीतिक विश्लेषकहरुले बताउन थालेका छन् ।

तर, उनीहरुले भारतबाट जे-जस्तो जवाफ पाए त्यसबाट भने गणतन्त्रवादीहरु झन् निराश बनेको चर्चा छ । प्रधानमन्त्री खड्गप्रसाद ओली विमस्टेक सम्मेलनको मौका पारेर थाइल्याण्डको भ्रमणमा रहेको बेला यता सत्ताधारी र विपक्षी दलको एउटा टोलीले दिल्लीदेखि लखनउसम्मको चक्कर लगाएको रहेछ ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र मधेशी दलहरुको एउटा टोली दिल्ली पुगेर भारतीय जनता पार्टीका पूर्व अध्यक्ष एवं हालका रक्षामन्त्री राजनाथ सिंहसंग भेटेको थियो।

सात जनाको त्यो टोलीले राजसंस्था फर्काउने नै हो त ? भन्ने हिसाबले जिज्ञासा राख्दा राजनाथ सिंहले यो विषय नया दिल्लीले नहेरेको भन्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सोध्न भनिदिएका रहेछन् । सिंहले अहिले नेपाल मामिलामा योगी आदित्यनाथकै दृष्टिकोण भाजपाको हुने समेत बताईदिएपछि उनीहरु हुर्रिएर लखनउ आईपुगेका थिए ।

दिल्लीस्थित नेपाली राजदूत डा.शंकर शर्मालाई समेत लिएर आएका उनीहरुले मूख्यमन्त्री योगी आदित्यनाथसंग त भेट्न त पाए तर सुखद वार्तालाप भने हुन नसकेन उच्च स्रोतले जनाएको छ ।

योगी आदित्यनाथले सवै विषय राजा ज्ञानेन्द्रसँग सोधपुछ गर्न भनिदिए । भारतले राजा ज्ञानेन्द्रलाई नै नेपालको मियो मानेको भन्दै योगीले उनैसंग सोध्नू भनिदिएपछि सात सदस्यीय टोली ओठ मुख सुकाएर फर्किएको स्रोतले उल्लेख गरेको छ।

तर, यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै के अफवाह फैलाईरहेका छन् भने उत्तर प्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथले नेपालमा राजा फर्काउने पक्षमा नरहेको भनेर स्पष्टिकरण दिए । देउवाको यो अभिब्यक्तिले राजसंस्था बारे बोले पनि हिन्दुराष्ट्रका बारेमा भने मुख खोल्न सकेका छैनन् । तर कांग्रेसका धेरै नेताहरु भने हिन्दुराष्ट्रका बारेमा खुलेर बोल्न थालेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार ०६:००   :  बजे

444
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।