Logo

प्रमुख समाचार

भाषा हराउँदै गए समाज कमजोर र विखण्डित हुन्छ : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको भाषा हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

देउडा समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भाषा हराउँदा समाज कमजोर र विखण्डित हुने उनले बताए ।

उनले भने, ‘सुदूरपश्चिमको भाषा हराउँदैछ के गर्नुहुन्छ ? कोही बोल्दैनन् आफ्नो भाषा सबै नेपाली बोल्छन्, हुँदाहुँदै छोराछोरी अंग्रेजी बोल्छन् । त्यसैले भाषा हराउँदै गइरहेको छ । भाषा ठूलो कुरा हो ।

जुन समाजको भाषा लुप्त हुन्छ हराउँछ, त्यो समाज कमजोर र विखण्डित हुन्छ भन्ने भनाइ छ । आफ्नो भाषा बचाउन संसारभर लडिरहेका छन्, बचाउन काम गरिरहेका छन् ।’

उनले सुदूरपश्चिमको भाषालाई बचाउनको लागि सबैलाई योगदान गर्न आग्रह गरे ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलवार ०७:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।