Logo

प्रमुख समाचार

यो विधानत कांग्रेसको महाधिवेशनको वर्ष हो, टार्न खोजे आत्मघाती हुनेछ : शेखर कोइराला



काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र ‘क्लिन पोलिटिक्स’ अभियान सञ्चालन गरिनुपर्ने बताएका छन् ।

नयाँ वर्षका अवसरमा शुभकामना दिँदै कोइरालाले राजनीतिमा देखा परेका विकृति र विसंगती हटाउन ‘क्लिन पोलिटिक्स’ अभियान सञ्चालनको प्रस्ताव अघि सारेका हुन् ।

‘हामी सबै राजनीतिमा देखिएको विकृति विसंगतिको चर्चा गर्छौं, यसको उपचारको खोजी पार्टी भित्रबाट गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

पार्टीको अगुवाइमा ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’ को अभियान नचलाई बस्ने हो भने बिपी कोइरालाले भन्नु भएझैं कांग्रेस पार्टी ‘सुकिला मुकिला र पैसावालाको कब्जा’मा जाने खतरा छ, र म त्यो देख्दैछु,’ कोइरालाले भने । साथै उनले सामान्य त्रुटि हुँदा पनि मुलुक गतल दिशातिर जान सक्ने उल्लेख गरेका छन् ।

नेपाली राष्ट्रियता, धर्म संस्कृति र समृद्धिको लागि एकपटक फेरि कांग्रेसमा पुर्नजागरणकाल जगाउनु पर्ने पनि उनले बताए । ‘यो तबमात्र सम्भव छ, जब कांग्रेसका साथीहरू जाग्नेछन्। कांग्रेसका इमान्दार, निस्वार्थी र स्वाभिमानी साथीहरूको सक्रियताबिना पार्टीमा इमान र नैतिकताको राजनीतिक भावधारा बगाउन सम्भव छैन,’ उनले भने ।

नयाँ वर्ष २०८२ को नारा पार्टीमा क्लिन पोलिटिक्स भनी अगाडि नसार्दा नागरिकको विश्वास र भरोसा जित्न गाह्रो रहने पनि उनले बताए । कुशासन, भ्रष्टाचार, दण्डहिनता र अनियमितता संस्थागत भएर चुँडिदै गएको नागरिक र पार्टीको सम्बन्धलाई जोडन पार्टीभित्र शुद्धीकरण अभियान चलाउनुको विकल्प नरहेको कोइरालाको भनाइ छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार २२:४५   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।