काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको हरेक कदम जनता र राष्ट्रको विपक्षमा गएको आरोप लगाएका छन् ।
कपिलवस्तु कृष्णनगरमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै सरकार उल्टो बाटोमा हिँडिरहेको टिप्पणी गरे ।
उनले भने, ‘यो सरकारको काम भ्रष्टाचारीलाई कारवाही गर्नु होइन । रक्षा गर्नू काम हो। राम्रो काम गर्ने कर्मचारीलाई बर्खास्त गर्नु, नराम्रो काम गर्नेलाई खोजी खोजी पुरस्कार दिनु यो सरकारको काम हो ।
गएको केही महिनामै देखिसकेका छौं कुलमानजस्तो लोडसेडिङ गर्नेलाई अपमानजनक ढंगले हटाउने काम भयो । सरकारका हरेक क्रियाकलाप राष्ट्रको विपक्षमा गइरहेको छ ।´
उनले यो सरकार बनेपछि छिमेकीहरुसँगको सम्बन्ध कमजोर भएर अन्तराष्ट्रिय स्तरमा नेपालको इज्जत कमजोर भएको जिकिर गरे । उनले संख्याको बलमा सरकारबाट हटाएको भन्दै आफूले विश्वासको मत लिएपछि ठूलो दलको हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुपर्ने दोहोर्याए ।




















प्रतिक्रिया