Logo

प्रमुख समाचार

प्रधानमन्त्रीले शिक्षकलाई अपमान गरेको माओवादीको आरोप



काठमाडौं । नेकपा माओवादी केन्द्रले आन्दोलनरत शिक्षकहरूको माग पूरा गर्न सरकारसँग माग गरेको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले आउँदो संसद अधिवेशनबाट शिक्षा विधेयक फास्ट ट्रयाकमा पारित गर्नुपर्ने बताए ।

उनले भने, ‘शिक्षकहरू अहिले सडकमा छन् तर प्रधानमन्त्री माग पूरा गर्न भन्दा उनीहरूलाई होच्याउने र अपमानित गर्नमा केन्द्रित छन् । १२ गतेदेखि सुरू हुने अधिवेशनबाट शिक्षा विधेयक पारित गर्न माग गर्दछु ।’

यस्तै, आन्दोलनरत लघुवित्त र सहकारी पीडित, कर्मचारी, चिकित्सकलगायत आन्दोलनरत पक्षहरूसँग वार्ता गरेर जायज माग पूरा गर्न पनि माओवादीको माग छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार ०६:००   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।