Logo

प्रमुख समाचार

प्रधानमन्त्रीले गरे ऊर्जा राज्यमन्त्री कान्छारामलाई बर्खास्त



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई हटाएका छन् ।

उनले भने, ‘गृहमन्त्रीले आधि घण्टाअघि राजीनामा दिनुस् भनेर फोन गर्नुभएको थियो । मैले किन दिने ? दिन्न भन्ने जवाफ दिएको थिएँ । अहिले हटाएको खबर आयो ।’

विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने विषयलाई लिएर मन्त्री तामाङ र ऊर्जामन्त्री दीपक खड्काबीच खटपट थियो ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार २०:४८   :  बजे

264
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।