Logo

प्रमुख समाचार

कांग्रेसमा हिन्दूत्वको एजेण्डा प्रवेश, भागवण्डासँगै जोई-पोईको मिलापत्र



काठमाडौं । औपचारिक रुपमै नेपाली कांग्रेसमा हिन्दूत्व प्रवेश गर्ने भएको छ ।

कांग्रेसले केन्द्रीय सदस्य शंकर भण्डारीको हिन्दू राष्ट्रको योजनालाई पार्टी एजेण्डा बनाएको छ । पार्टीका प्रदेश तहका कमिटी र नीति तथा परामर्श समितिको प्रदेश स्तरिय बैठकबाट संकलन सुझाव सभापति समक्ष बुझाइएको कारण पनि अब कांग्रेस हिन्दूत्वको घेराबाट फुत्कन नसक्ने अवस्था आएको दावी सांसद भण्डारीको छ ।

सांसद भण्डारीको सम्पर्क कार्यालय पानीपोखरीमा पनि धर्मकै विषयमा बढी चर्चा हुन्छ । भण्डारी तनहुँ-२ का सांसद हुन् । उनी पार्टी केन्द्रीय सदस्यमा १२औं महाधिवेशन पछि निरन्तर निर्वाचित हुँदै आएका छन् ।

तरुण दलको खेलकुद तथा युवा विभागको नेतृत्व गरेका कारण शंकर भण्डारी युवा बीचमा परिचित छन् । उनको धर्म सम्बन्धी योजनालाई कोइराला परिवारका डा. शेखर र शशांकले साथ दिएका छन् ।

क्रिश्चियनको पैसा खाएर गिरिजा कोइरालालाई समेत छक्याएका एमालेका सुभाष नेम्वाङ्ग र कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौला गृहमन्त्री पदमा रहँदा नेपालको संविधान २०७२ जारी भयो ।
गिरिजालाई धर्म निरपेक्ष राज्यको कुरा उचित लागेको थिएन । माओवादी पनि यो सवालमा अन्यौल थियो ।

तर माओवादीका केही नेताहरु क्रिश्चियनको पैसामा डुबेको आरोप । कांग्रेसका नेताले ल्याएको हिन्दूत्वको योजनाले अर्को उथल पुथल पैदा हुने विश्वास धर्मभिरुहरुको छ । जे होस हिन्दु राष्ट्र नेपालको माहोल बनेकोमा दंग छन् नेपाली कांग्रेसका नेताहरु न्यूज अभियान प्रतिनिधिसंगको कुराकानीमा खुशी व्यक्त गरे ।

भागवण्डासँगै जोई-पोईको मिलापत्र

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने निश्चित भएसँगै दुई पार्टीका शीर्ष नेताहरुको पदीय भागवण्डा लगभग टुङ्गो लाग्दै गर्दा रेशम चौधरी र रञ्जिता श्रेष्ठ चौधरीबीच मच्चिएको चुल्हो झगडाको अन्त्य भएको छ । दुई पार्टी एकतासँगै सीके राउतले पार्टीको चितवन पूर्व संगठनको जिम्मा लिने र रेशम चौधरीले नारायणी पश्चिम पार्टी संगठनको जिम्मा लिने निर्णय भएको छ ।

त्यस्तै पार्टी एकता पछि सीके राउत अध्यक्ष र रञ्जिता श्रेष्ठ चौधरी सहअध्यक्ष हुने टुङ्गो लागे पछि विगतमा पार्टी नेतृत्वलाई लिएर रेशम चौधरी र रञ्जिता श्रेष्ठ चौधरी बीच मच्चिएको चुल्हो झगडा पनि मिलेको छ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले एकता पछि नागरिक जनमत पार्टी नाम राख्ने र चुनाव चिन्ह ढकीयाँ बनाउने सहमति गरेका छन् ।

नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता हुँदा सबभन्दा बढी फाईदा रेशम चौधरी र रञ्जिता श्रेष्ठ चौधरीको कलह मिल्दा भएको खबर चर्चामा उल्लेख छ । झण्डै रेशम र रञ्जिताबीच सम्बन्ध विच्छेदको अवस्थामा पुग्ने स्थिति बनिसकेको जानकारहरु बताउँछन् ।

तराई केन्द्रित दुवै दल मिलेर एउटै भए पछि सन् ८४ मा हुने स्थानीय र संसदको चुनावमा तराई केन्द्रित अन्य दललाई निकै सकस पुर्याउन सक्ने मानिन्छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार २१:०६   :  बजे

351
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।