Logo

प्रमुख समाचार

प्रचण्डजीलाई माओवादी खोज्नुपर्ने स्थितिमा पुग्छ भन्ने चिन्ता छ : एमाले नेता बर्तौला



काठमाडौं । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस–एमाले गठबन्धन सरकार २०८४ सम्मै टिक्यो भने माओवादी खोज्नुपर्ने अवस्थामा पुग्छ भनेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिन्तित रहेको बताएका छन् ।

शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रचण्डले विहान उठेदेखि बेलुका सुत्ने बेलासम्म सरकार ढाल्ने कुरा गरिरहेको बताएका हुन् ।

कांग्रेस–एमालेकाबीच कुनै असमझदारी नरहेको बताउँदै उनले प्रचण्डले आफ्नो स्वार्थका लागिमात्रै सरकार ढल्ने भ्रम फैलाएको दाबी गरे । ‘कांग्रेस–एमालेबीच कुनै समस्या छैन । प्रचण्डजीलाई यो दुई पार्टीको सहयात्रा २०८४ सम्म पुग्यो भने माओवादी खोज्नुपर्ने परिस्थितिमा पुग्छ भन्ने चिन्ता छ’ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार १०:२८   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।