Logo

प्रमुख समाचार

कांग्रेस नेताका छोरा भाटभटेनी लुटपाटकाे पक्राउ परेको लिङ्देनको दाबी



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस नेताका छोरा भाटभटेनीको रक्सी लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेको दाबी गरेका छन् ।

चैत १५ गते राजधानीको तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक भएसँगै कोटेश्वरमा भाटभटेनीमा लुटपाट भएको थियो । सो लुटपाटमा पक्राउ पर्ने एक जना नेपाली कांग्रेसका नेताका छोरा रहेको लिङ्देनले दाबी गरेका हुन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा बोल्दै लिङ्देनले रक्सी लुटेर जाँदै गर्दा पक्राउ गरिए पनि पछि कांग्रेस नेताका छोरा भएकै थाहा भएर छोडिएको बताए । त्यसबारे आफूहरूसँग प्रमाण रहेको उनले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार २१:३९   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।