Logo

प्रमुख समाचार

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही १९ गते ल्याउने सरकारको तयारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने तयारी थालेको जानकारी गराएका छन् ।

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज (शनिबार) पार्टी संसदीय दलको बैठकमा आगामी वैशाख १९ गते नीति तथा कार्यक्रम संसद्मा पेश गरिने जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारले सन्तुलित र सम्भव हुने खालको नीति तथा कार्यक्रम ल्याएर सोहीअनुसार बजेटको तयारी गर्ने पनि बताए । संसद्को चालु अधिवेशनको मुख्य कार्यभार, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत र पारित गर्नेलगायत रहेको बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार २३:०३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।