काठमाडौं । सरकार भत्किँदै गएको समाचारले गएका केहि दिन निकै चर्चा पाए । समाचारहरु चुलिए, आत्तिदै ओली, सरकार धरापमा, आन्दोलनले घेरिँदै सरकार, सत्तामा उथल पुथल, सत्ता परिवर्तन खेल बैंककमा । यी र यस्तै समाचार शीर्षकले गत हप्ता राजनीति तात्यो ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेको टिप्पणी गर्नुभएको छ । नेपालको राजनीतिमा मात्र सत्ता खटपटका आशंकाहरु किन निरन्तर चलिरहन्छ ?
नेकपा (एमाले) को संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र मिसनमा केन्द्रित हुन सांसदहरुलाई आग्रह गर्नुभयो ।
´सरकार बाङ्गिसक्यो । शेरबहादुरजी थाइल्याण्डबाट नेपाल आइपुग्ने बित्तिकै ढल्छ भनेर भनेका थिए । मैले त भ्रम फिँजाउनेहरुका पछाडि नलाग्नुस् । आफ्नो मिसन र काममा लाग्नुस्, चुनावमा लाग्नुस् भनेकै थिएँ ।
शेरबहादुरजीले फर्केर आएर सरकार ढल्दैन भनेपछि भ्रम फैल्याउनेहरु फत्र्याक्क गलेका छन्, सरकार ढल्दैन भनेपछि सकियो । त्यसकारण एउटै कुराको जवाफ धेरै पटक खोज्नतिर हामी लाग्नु हुँदैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । राजनीति बोली अस्थिर र व्यवहारमा घमण्डी, चरित्रमा एकलकाँटे संस्कार भएको आरोप प्रधानमन्त्री केपी ओलीलाई छ । ओलीलाई घेराबन्दीमा पारिएको छ ।
शिक्षकहरुले विद्यालय शिक्षा ऐन कार्यान्वयन गर्न सरकारलाई दवाव दिन राजधानी केन्द्रित शुरु गरेको आन्दोलन ३ हप्ता कट्यो । प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा शिक्षकका प्रतिनिधिलाई बोलाएर वार्ता गर्दा वार्ता निष्कर्ष विहीन भयो ।
आन्दोलित शिक्षकहरुले विगत तीन पटक सरकारसँग गरेको सहमति कार्यान्वयन नभएको भन्दै यस पटक सहमति र कार्यान्वयन लिएर मात्र फर्कने जवाफ फर्काए पछि बालुवाटार वार्ता निष्कर्ष विहीन भयो । शिक्षकहरुको एजेण्डा शिक्षक ऐन कार्यान्वयन थियो । विद्यालय शिक्षा, उच्च शिक्षा र स्वास्थ्य क्षेत्रमा नेकपा एमालेको लगानी धेरै छ । राज्य स्रोतबाट भत्ता खाने, छोरा छोरी निजी स्कूलमा पढाउने जोकर धेरै छन्।
शिक्षक आन्दोलन चकिँदै जाँदा आवासीय स्वास्थ्यकर्मीहरु पनि माईती घरमै आन्दोलनमा सक्रिय छन् । सहकारी पीडित र मिटर ब्याज पीडितहरु पनि आन्दोलित अवस्थामा छन् । दलहरुले भातृ संगठन बनाएको निजामती कर्मचारीहरु पनि आफ्ना माग अघि सारेर आन्दोलन गर्ने धम्की दिएका छन् ।
सरकार यसरी आन्दोलनको घेराबन्दीमा परे पछि सरकारका प्रवक्ता पृथ्वी सुब्वा गुरुङ्गले ‘के राजा ल्याउन खोजेको’ गरेको टिप्पणीबाट आफ्ना माग अघि सारेर आन्दोलन गरी रहेकाहरु अझ आक्रोश भएका छन् । सरकारलाई आन्दोलनकारीको समस्या सुन्नु छैन । बरु अहिले गठबन्धन सरकार आन्तरिक उथल-पुथलको संकटमा जेलिंदै गएको देखिन थालेको छ ।
प्रधानमन्त्री ओलीको चौथो कार्यकाल देश हितको लागि प्रयोग भएन जानकारहरु भन्छन् । माफीया र तस्करको हितमा निर्णय गर्ने सरकारलाई कालो बजारीले पनि छुदैन । शासकहरु उखान टुक्कामा केन्द्रीत छ ।
जनताको हितमा शून्य व्यवहार देखाउने केपी ओली र उनको मण्डली कांग्रेसका महामन्त्रीको टिप्पणीले डराएको छ । सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको छैठौ रफ्तारको चक्कर छ ।
केपी ओलीले साना दल विभाजन गरी एमालेमा भित्र्याउँदै ठूलो दलको नाताले पूरै अवधि प्रम हुने योजना बनाए तर सफल भएनन् । वामपन्थी माथि प्रहार गर्ने माफीया र तस्करलाई साथ दिएकै कारण सरकारले गति लिएन कांग्रेसका डा. शेखर, गगन र विश्व प्रकाशले भन्न थालेका थिए ओली तनावमा पर्नु भो ।
कांग्रेसले यो सरकारको लुट तन्त्रको समीक्षा गत वैशाख १७ मा केन्द्रीय समितिको बैठक बोलाएको छ । सामुदायिक विद्यालय माथि प्रहार गरेर निजी स्कूलका सञ्चालक खुशी पार्ने प्रम ओली डिजाईन अन्ततः माष्टर आन्दोलनमा घुँडा टेकेको छ । अमेरिकी अनुदार परिचालन गर्ने युएसआईडीको डलर रोकिए पछि एमाले भित्र हलचल छ ।
प्रधानमन्त्रीले निजी स्कूलका मालिक रिझाउन आन्दोलनरत माष्टर विरुद्ध कुर्ले जस्तै महासचिव शंकर पोखेलले कर्णालीका जनताका बारेमा गरेको टिप्पणी एमाले भत्कँदै गएको प्रमाण हो। मनपरी बोल्ने प्रधानमन्त्री केपी ओलीको विरुद्ध सडक र सदन तातेको छ ।
सत्ता परिवर्तन खेल बैंककमा
पार्टी अध्यक्ष लगायतका नेताहरू सिंहदरवार भित्रै प्रहरीले बाहिर निस्कन नदिंदै नियन्त्रणमा लिएको अवस्था, गृह र स्थानीय प्रशासनको चेतावनी र ठूलो संख्यामा सुरक्षा परिचालनका बावजुद राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थाको पुनर्स्थापना तथा चैत्र १५ गते पक्राउ परेका आफ्ना नेताहरूको विना शर्त रिहाइको माग गर्दै राजधानी केन्द्रीय निषेधित क्षेत्रमा प्रदर्शन गरे ।
राजधानी केन्द्रीत विभिन्न पेशागत र राजनीतिक आन्दोलनले सरकार घेरिएको छ । शिक्षकहरू सडकमा छन् । स्थानीय निकायका कर्मचारी पनि सडकमा आएका छन् । मिटर ब्याज र सहकारी पीडित पनि सडकमै छन् ।
राप्रपा देशब्यापी आन्दोलनमा छ । सरकार आन्दोलनले घेरिंदै गर्दा सत्ता गठबन्धनमा संशय उत्पन्न भइरहँदा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ती, छोरा-बुहारी समेत स्वास्थ्य परीक्षणका निम्ति भन्दै बैंकक पुगेर स्वदेश फर्किनु भएको छ ।
पत्नी राणाले राष्ट्रसंघ अन्तर्गत एउटा सम्मेलनमा भाग लिने बताईए पनि देउवा दम्पत्तीको बैंकक भ्रमणले देशको सत्ता राजनीतिमा थप उथल-पुथल ल्याउने आशंका गरिएको थियो। गभर्नर नियुक्ति र एआईजी बढुवामा भागवण्डा मिलाएर देउवा दम्पत्ती बैंकक पुग्नु भएको चर्चा उस्तै छ ।
त्यहाँ केही नेपाली नेताहरू साथै दिल्लीबाट विशेष दूत पुगेर नेपालको सत्ता परिवर्तनमा विशेष निर्णय हुन सक्ने भन्दै सत्ता राजनीति तरंगित भएको थियो । सत्ता खटपट तत्काललाई टरेको छ । पुन: शीर्ष दुई नेता देउवा र ओली एक कित्तामा तैनाथ हुनुहुन्छ ।पछिल्लो देउवाको वाणीबाट सत्ता सकस तत्कालका लागि टरेको छ । प्रधानमन्त्री ओली दंग परेको राजनीतिमा बृतमा चर्चा छ ।
प्रतिक्रिया