काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सम्पन्न परिवारका मान्छेलाई ४ हजार सामाजिक सुरक्षा भत्ता दिनुको अर्थ नभएको बताएका छन् ।
विपन्न वर्गको उत्थान र विकाससम्बन्धी कांग्रेसको नीतिगत सुझाव प्रतिवेदन सभापति देउवालाई बुझाउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्पन्न मान्छेलाई ४ हजार भत्ता बाँडेर विपन्नलाई माथि उठान नसकिने बताए ।
‘अहिले २० प्रतिशत विपन्न वर्ग छ । त्यसलाई शून्यमा झार्नुपर्छ । अहिले एकदमै धनी मानिसलाई पनि उही, गरिबलाई पनि उही सेवा दिइन्छ । अहिले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौँ ।
धनी र गरिब सबैको बा आमाले उही पाइराखेको अवस्था छ’ उनले भने, ‘काठमाडौंमा तीन तले घरमा बस्छन् ४ हजार सामाजिक सुरक्षा भत्ता लिन पुगिरहेका हुन्छन्, ७० वर्षमाथि उमेरमा पनि गिट्टी कुटेर खानेहरूले पनि उही ४ हजार भत्ता बुझ्छन् त्यो त भएन नि ।
हामीले त्यहाँनिर आँट गरेर हान्नुपर्ने भएको छ । सम्पन्न मान्छेलाई ४ हजार भत्ता बाँडेर विपन्नलाई माथि उठान सकिँदैन । बरु विपन्नलाई मात्रै ४ को ८ बनाऔँ न । त्यो ढङ्गले सरकार लाग्नुपर्छ ।
त्यो विभाग र पार्टीको पनि जिम्मेवारी हो ।’ उनले कांग्रेस अहिले सरकारमा हुँदा यस्ता कुरालाई ध्यान दिनुपर्ने बताए ।




















प्रतिक्रिया