काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
तीन दलका शीर्ष नेताबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, संक्रमणकालीन न्यायलाई टुंग्याउनेलगायतका विषयमा छलफल भइरहेको जनाइएको छ । पछिल्लो समय राजावादीहरूको सक्रियता बढेपछि तीन नेताहरुबीचको भेटवार्ता बाक्लिँदो छ ।




















प्रतिक्रिया