Logo

प्रमुख समाचार

नीति कार्यक्रमबारे बाबुरामको टिप्पणी : प्राथमिकता नै स्पष्ट छैन



काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम परम्परागत ढर्रामा सीमित रहेको टिप्पणी गरेका छन् ।

संसदमा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया दिंदै उनले विगतको निरन्तरताकै रुपमा नीत कार्यक्रम आएको बताए । फरक विचारधाराका दलहरू सम्मिलित सरकारबाट आमजनताले गुणात्मक रूपान्तरणको आशा गरे पनि नीति कार्यक्रमले त्यो अपेक्षा पूरा गर्न नसकेको उनको भनाइ छ ।

‘कागजमा धेरै कुरा उल्लेख भए पनि कार्यक्रम सुधारमुखी मात्र देखिन्छ, परिवर्तनकारी होइन’, उनले भने । भट्टराईले नीति तथा कार्यक्रममा प्राथमिकता स्पष्ट नभएको र त्यसले कार्यान्वयनमा चुनौती निम्त्याउने बताए । उनका अनुसार, नीति तथा कार्यक्रम औसत हो ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार ०८:००   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।