Logo

कोशी प्रदेश

कोशीका मुख्यमन्त्री कार्कीद्वारा एकीकृत समाजवादीलाई पार्टी एकताको प्रस्ताव !



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश समितिले प्रदेश सरकारलाई आफ्ना माग र मुद्दाहरु समावेश गरी ज्ञापनपत्र बुझाएको छ । आज (आइतबार) एकीकृत समाजवादीका उप–महासचिव तथा प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईलगायतको टोलीले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउ पुगेका समाजवादीका उपमहासचिव राईसँग भने मुख्यमन्त्री कार्कीले पार्टी एकताको प्रस्ताव राखेका छन् । मुख्यमन्त्री कार्कीले दुई गौरवशाली पार्टी अब एक बन्नुपर्ने भन्दै राईलाई एकताको प्रस्ताव राखेका थिए । यसबारे राईले भने कुनै जवाफ नदिएको बताइएको छ ।

यता एकीकृत समाजवादीले संघीय सरकारलाई समेत आफ्ना माग र मुद्दाहरु समावेश भएको मागपत्र बुझाएको थियो । सोक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सौहार्दपूर्ण छलफल भएको थियो । एकीकृत समाजवादीका नेताहरुले ओली–नेपालबीचको उक्त भेटलाई पार्टी विभाजनपछिको सबैभन्दा सौहार्दपूर्ण भेटको रुपमा ब्याख्या गरेका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार ०८:१०   :  बजे

543
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।