Logo

प्रमुख समाचार

कानुन तोड्दै मच्चिदै ! प्रमको पेलानमा कोही बर्खास्त कोही राजीनामा दिन बाध्य



काठमाडौं । ओली शासन कसरी चल्छ र चलेको छ भन्ने कुरा एमालेका उद्योग मन्त्री दामोदर भण्डारीले सरकारले १५ वर्ष अगाडि रोकेको रक्सी, चरोट, गुट्खा उद्योग खोल्न चासो दिनु नै छर्लङ्ग छ ।

उर्जा र उद्योगबाट मात्र होइन भूमि सुधार मन्त्रालय अन्तर्गत पनि भूमाफीयाको हितमा सरकारले गर्न खोजेका निर्णयहरु आफैमा कानून विपरितका छन् । तर, प्रमलाई चासो छैन । ऐन कानून मात्र होइन अदालत समेत प्रधानमन्त्रीले दिएको निर्देशनमा चल्दै छ । सरकार छ कि छैन भन्ने अवस्था देशमा छ । संयुक्त सरकारको अवधारणामा भन्दा प्रधानमन्त्रीकै एकलौटी सोचमा सरकार चलेको छ ।

नीतिगत लुटमा सक्रिय सरकारका प्रधानमन्त्रीको निर्देशन विना कुनै पनि मन्त्री र सचिवले काम गर्ने अवस्था छैन । मन्त्रालयका सचिव र विभागका महानिर्देशकको काममा हस्तक्षेप छ । उर्जा, सिंचाई, श्रम, उद्योग जस्ता मन्त्रालय आफैमा भ्रष्टाचारीका लागि भर्ने ठाउँ हुन् ।

विभागमार्फत गर्ने कामका ठेक्का पट्टाको ठूलो रकम चलखेल हुने सडक विभाग, शहरी विकास विभाग, सिंचाई विभागमा ठेकेदारको भक्तानीका फाईल थुप्रिएका छन् । कमिशन विना कुनै काम अगाडि नबढ्ने भएकाले यो सरकार को बाहुल्यता भएको छर्लङ्ग छ ।

सरकारले शिक्षा ऐन विधेयक संसदमा प्रवेश गरी थन्क्यायो । सरकार कति जब्बर भएको छ भन्ने कुरा लोकतन्त्रकै बद्नाम गर्ने निर्णय बारम्बार गर्न हो । कुनै पनि संघ संस्थालाई विधि र प्रक्रियामा चल्न नदिने, चलाउन खोजे नरुचाउने ओली शैली प्रवत्ति नै बनेको छ ।

प्रधानमन्त्री केपी ओलीको राजनीति क्षमताले पार्टीमा उनी बाहेक अर्को नेता उदाउन दिदैन । राष्ट्रघाती टनकपुर सन्धी हुँदा राष्ट्रवादको कुरा उठ्यो ।०५४ मा एमाले फुट्यो । त्यो फुटको कारक यिनै ओली थिए । ०७५ मा फेरि नेकपा फुट्यो त्यसको कारक पनि उनै भए ।

प्रमको पेलानमा कोही बर्खास्त कोही राजीनामा दिन बाध्य

पार्टी प्रवक्ता प्रकाश शरण महतका अनुसार पूर्णबहादुर तामाङलाई किन हटाईयो थाहा छैन भनेका छन् ।

शिक्षा मन्त्रीबाट विद्या भट्टराईलाई राजीनामा दिन बाध्य पारिएको साता दिन नपुग्दै प्रधानमन्त्री केपी ओलीले कांग्रेसबाट सिंचाई तथा उर्जा राज्य मन्त्री बनाईएका पूर्ण (कान्छा) बहादुर तामाङलाई बर्खास्त गरे।

पार्टी सभापति शेरबहादुर देउवा देश बाहिर रहेको अवस्थामा तामाङ बर्खास्तमा परेका हुन् । कार्यवहाक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा तथा विश्व प्रकाश शर्मा आफ्नै पार्टीबाट राज्य मन्त्री बनाईएका तामाङको विषयमा केही बोलेका छैनन् ।

एक महिना पहिले कुलमानलाई प्राधिकरण प्रमुखबाट हटाउन खोज्दा तामाङले खुलेर प्रतिवाद गरेका थिए । यद्यपि, कुलमानलाई उर्जा मन्त्री रहेका दीपक खड्काको प्रस्तावमा मन्त्री परिषद्बाट निर्णय गराएर बर्खास्त गरियो ।

केही पहिले सिंचाई तथा उर्जा राज्य मन्त्री रहेका तामाङले मन्त्रालयका सचिवसँग स्पष्टिकरण सोधेका थिए । एक महिनाका बीच प्रधानमन्त्री ओलीको पेलानमा परेर शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिन पर्यो । गभर्नर सिफारिश समितिमा रहेका विजयनाथ भट्टराईले पनि समितिको बैठक एक पटक पनि नबोलाईएको भन्दै पदबाट राजीनामा दिए ।

सर्वोच्च अदालतको आदेश विपरीत करार र अस्थायी कर्मचारीलाई स्थायी गर्न दिएको दवाव र कुलपतिको हैसियतमा प्रधानमन्त्रीबाट निरन्तर हेपाईमा पारेको भन्दै डा. केशरजंग बरालले त्रिविको उपकुलपतिबाट राजीनामा दिन बाध्य भएका खबर चर्चामा उल्लेख छ ।

उद्योगीहरुसँग बक्यौता उठाउने विवादमा कुलमान घिसिङ प्राधिकरण प्रमुखबाट बर्खास्त गरिए । राम्रो काम गर्न खोज्दा प्रम केपी ओलीबाट असहयोग, अपमान र पेलानमा परेको भन्दै राष्ट्र सेवकहरु पनि त्राहीमाम अवस्थामा पुगेको बताउँछन् ।

आफनै पार्टीका राज्य मन्त्री तामाङलाई प्रम ओलीले बर्खास्त गर्दा कांग्रेसका प्रवक्ता प्रकाश शरण महत के कारणले बर्खास्त गरियो थाहा भएन भन्ने, कार्यवाहक सभापति र महामन्त्री द्वय केही नबोल्दा स्थिति अन्यौल बनेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार २२:३०   :  बजे

1.2K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।