काठमाडौं । नेपाली कांग्रेस तर्फबाट समानुपातिक सांसद बनेकी माया राई पक्राउपछि कांग्रेसमा भित्र खैलाबैला मच्चिएको छ ।
अहिले माया राईलाई जोगाउने कोही हुन सकेको छैन् । सरकार बनेको दश महिनासम्म शासन गरेको सरकारले कांग्रेसकी माया राई पक्राउ गरेको छ । राप्रपा र शेर बहादुर देउवाको ससुराली खलक पर्न प्रम केपी ओलीसंग नातो भएर गीता बस्नेतको १६ करोड ६९ लाखमा कानुनी फन्दामा परिन् ।
किनकी लाजै लजाउने गरी सार्वजनिक लेखा समितिका सभापति पोखरेल पत्नीलाई सरकारले सम्मान नै गर्यो ! प्रहरीले पक्राउ गरेन । उमा गौरी सहकारीका पीडितले न्याय पाएनन् । तलव भत्ता ११ लाख बुझे पछि समानुपातिक सांसद माया राई सहकारी ठगीमा पक्राउ परेकी छन् ।
एमाले र कांग्रेसले संविधानको धारा ८९(घ) जरुरी ठानेन तिनले प्रतिनिधिसभा नियमावली २१३ पनि हेर्न जरुरी ठानेन । ९ महिनादेखि सहकारी ठगीमा फरार माया राई र गीता बस्नेतहरु प्रति सरकारले दया देखाएको चर्चा चलेको छ ।
सदनलाई सूचना नदिई वेपत्ता हुनेको कानूनी रुपमा पद रहँदैन । त्यसो त, यो देश कांग्रेस र एमालेको सरकार छ । गृहमन्त्री रमेश लेखकको क्षमता बारे पनि प्रश्न उठेको छ।
सहकारी ठग जीबी राई किन पक्राउ परेनन् । रास्वपाका रवि लामिछानेलाई सहकारीसँगै सम्पत्ति शुद्धीकरणमा समेत पुऱ्याईएको छ । तर, त्यही कांग्रेस- एमालेका धनराज, ऋषिकेश, माया राई, राप्रपाकी गीता बस्नेतलाई सरकारले जोगाएको आरोप छ । लोकतन्त्र, गणतन्त्र यिनैलाई पोस्न ल्याएको हो ?




















प्रतिक्रिया