काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्बौँको चलखेल भइरहेको दाबी गरेका छन् । शनिवार पूर्वी नवलपरासीमा सञ्चारकर्मी कुरा गर्दै उपसभापति वाग्लेले यस्तो बताएका हुन् ।
‘नियमअनुसार हुने हो भने राष्ट्र बैंकमै कार्यरत अर्थविद् गुणाकर भट्ट भइसक्थे,’ वाग्लेले भने,‘उनी अत्यन्त क्षमतावान् र काबिल अर्थशास्त्री हुन् । उनलाई फालेर अर्थतन्त्रमा ज्ञान नै नभएकालाई गभर्नर नियुक्त गर्ने भन्ने कुरा आइसक्यो ।’
गभर्नर नियुक्ति दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको हातमा नरहेको देखिएको पनि वाग्लेले बताए । उनले भने, ‘दुई ठुला दलले गभर्नर नियुक्ति गर्ने भए त भइसक्थ्यो । यहाँ त ती दल सञ्चालन गर्ने बिचौलियाले कसलाई नियुक्ति गर्ने भनेर हानथाप छ ।’ बिचौलियाको इसारामा अक्षम गभर्नर ल्याएर वित्तीय अनुशासन ध्वस्त पार्न कांग्रेस र एमाले उद्यत देखिएको उनको आरोप छ ।
केहि समय अघि सत्तारुढ दलबीच डा. भट्टलाई गभर्नर बनाउने भन्ने सहमती भएको थियो तर नियम पुर्याएरै भट्टले राजिनामा बुझाएका भए पनि ओली कै आडमा कार्यबाहक गभर्नर निलम ढुंगानाले उनको राजिनामा स्वीकृत नगरी च्याँखे थापिरहेकी छन् ।
यस बिषयलाई प्रक्रियागत त्रुटि भएको र भट्टलाई गभर्नर बनाए मुद्दा मामिला पर्न सक्ने भन्दै ओलीले नै घरानिया बिचौलीयाले अघि सारेका व्यक्तिलाई गभर्नर बनाउने प्रपंन्च गरिरहेको काँग्रेस वृत्तमा बहस सुरु भएको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्ट गभर्नरका लागि आएका नामहरूमध्ये स्वच्छ छवि भएका र सक्षम व्यक्ति मानिन्छन् । आफ्नो मान्छे गभर्नर बनाउन बिचौलियाहरूको चलखेल चुलिएका बेला पनि संस्थागत अनुभवी उनी राजनीतिक ‘खेल’ बाट टाढै रहेका व्यक्ति हुन् । उनले अर्थशास्त्रमै विधावारिधी गरेका छन् ।
प्रतिक्रिया