Logo

प्रमुख समाचार

कांग्रेसको कारण गभर्नर नियुक्तीमा ढिलाई भएको होईन : प्रवक्ता महत



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो पार्टीको कारणले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीमा ढिलाई नभएको स्पष्ट पारेका छन् । उनले भने,‘हामीले पनि गभर्नर नियुक्ती छिट्टै हुनुपर्छ भनिराखेका छौं त, हाम्रो कारणले ढिलाई भएको होईन ।

हामीले प्रधानमन्त्रीजीलाई भनिराखेका छौं कि यसमा चाँडो टुँगो लाग्नुपर्छ । धेरै अगाडि हुनुपर्दथ्यो, हामीले भनिराखेका छौं ।’

नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

गभर्नर नियुक्ती त करिब दुई महिना ढिला भयो नि त भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने,‘त्यही त यो गर्नुहुँदैन थियो । ढिला गर्नुहुँदैन थियो । नेपाली कांग्रेसको कारणले यो ढिला भएको छैन् ।’

उनले आफूहरुले तत्कालै गभर्नर नियुक्ती टुँगो लगाउन चाहेको स्पष्ट पारे । फरक प्रसंगमा उनले कांग्रेस आतंकवादको खिलाफमा रहेको स्पष्ट पारे ।

उनले आतंकवादको खिलाफमा हुने कुनैपनि कदममा आफूहरु साथमा रहने सुनाए । उनले आतंकवादले कसैलाई पनि फाईदा नगर्ने टिप्पणी गरे ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार ०६:३७   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।