Logo

प्रमुख समाचार

माओवादीप्रति धेरै नकारात्मक नहुन हर्क साम्पाङलाई प्रचण्डको सुझाव



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई धेरै नकारात्मक नहुन आग्रह गरेका छन् । उनले हर्क माओवादीप्रति धेरै नकारात्मक भएको भन्दै यस्तै गुनासो पोखेका हुन् ।

आज (आइतबार) धरानमा किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘मैले धरानका मेयर हर्क साम्पाङलाई लोकतन्त्रमा फुलेको सुन्दर फूल भनेको छु । घरिघरि उहाँलाई के हुन्छ ? उहाँ माओवादीप्रति नकारात्मक हुनु आवश्यक छैन ।’

उनले माओवादीले पहिचानको आन्दोलनलाई नछोडेको पनि दोहोर्याए । उनले भने,‘सबै उत्पीडित वर्ग, पहिचानका पक्षधर, माओवादी आन्दोलनसँग सम्बद्ध पार्टी तथा समूहहरू र हर्क साम्पाङजस्ता नयाँ उदाएका राजनीकर्मीहरूलाई संविधान संशोधन र समाजवादी रूपान्तरणको अभियानमा एकजुट भई माओवादी केन्द्रलाई साथ दिएर अघि बढ्न पनि म यसै कार्यक्रममार्फत आग्रह गर्न चाहन्छु ।’

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलवार ०६:४७   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।