Logo

प्रमुख समाचार

मन्त्रीपरिषद् निर्णय : गभर्नर सिफारिस समिति पुनर्गठन, पाैडलकाे ठाउँमा पाण्डे



काठमाडौ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् (क्याबिनेट) बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजकत्वमा गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ । यसअघिको समितिलाई पुनर्गठन गरिएको हो ।

पुनर्गठन गरिएको समिति सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

यसअघि गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका थिए । नेपाली काँग्रेसले पौडेललाई आगामी गभर्नरको रुपमा अघि सारेपछि उनले राजीनामा दिएका थिए । उनकाे ठाउँमा पाण्डेलाई समिति सदस्यमा नियुक्त गरिएको हो ।

त्यसअघि पूर्व गभर्नर विजयनाथ भट्टराईले पनि समिति सदस्यबाट राजीनामा दिएका थिए । समितिमा पूर्व गभर्नरका रूपमा भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य रहेका थिए ।

एक महिनासम्म एउटा बैठकसमेत बस्न नसकेपछि उनले समितिबाट राजीनामा दिएका हुन् । मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहीबार ०६:३८   :  बजे

417
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।