Logo

प्रमुख समाचार

सुदूरमा रञ्जिता निरीह !



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलले रामेश्वर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठको सिफारिसविपरीत प्रदेश संसदीय दलले रामेश्वरलाई मन्त्रीमा सिफारिस गरेको हो ।

अध्यक्ष श्रेष्ठ कैलाश चौधरीलाई मन्त्री बनाउन चाहन्थिन् । उनले कैलाशलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनाउन सिफारिस गरेकी थिईन् । नाउपाबाट यसअघि प्रदेश मन्त्रिपरिषद्मा सहभागी लक्ष्मणकिशोर चौधरीको आर्थिक लेनदेनको अडिओ काण्ड बाहिरिएपछि उनले राजीनामा दिएका थिए ।

लक्ष्मणको राजीनामासँगै नाउपाको आन्तरिक विवादले मन्त्री नियुक्त गर्न सकिएको थिएन । नाउपामा अहिले अध्यक्ष श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच प्रष्ट गुट देखापरेको छ । रेशम –रञ्जिता श्रीमान श्रीमती हुन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहीबार २१:११   :  बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।