Logo

प्रमुख समाचार

हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छ : प्रधानमन्त्री



काठमाण्डौंं । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनमा भूमिका नभएका संवेदनशील राष्ट्रलाई सहयोग गर्नुपर्ने बताएका छन् ।

शुक्रबार देखि काठमाण्डौंंमा सुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका रहेको हिमाल बचाउनका लागि विश्व समुदाय एकजुट हुन आवश्यक रहेको पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘जसले सबैभन्दा बढी प्रदूषण गर्छन् उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्छ, उनीहरूले संवेदनशील राष्ट्रहरूलाई वित्त, प्रविधि, र क्षमता अभिवृद्धिमार्फत सहयोग गर्नुपर्छ ।’

विश्वका विभिन्न तीन दर्जनभन्दा बढी मुलुकका प्रतिनिधि र विश्व बैंक, एसियाली विकास बैंक, विमिस्टेक, सार्कलगायत क्षेत्रीय र बहुपक्षीय अन्तरराष्ट्रिय ६१ सङ्घ संस्थाका प्रतिनिधि सहभागी रहेको सगरमाथा संवाद तीन दिनसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार १४:३८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।