Logo

प्रमुख समाचार

कांग्रेससँग नजिकिँदै माओवादी : प्रचण्डले फोन गरे, जनार्दनले निवासमै पुगेर देउवा भेटे



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।  शुक्रबार देउवा निवास बुढानीलकण्ठ पुगेर शर्माले देउवासँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको जनार्दनले बताएका छन् ।

पार्टीको मध्यपहाडी लोकमार्गअन्तर्गतका अभियानमा रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आ विहान डडेलधुराबाट देउवासँग फोन संवाद गरेका थिए । प्रचण्डले फोन संवाद गरेको केही घण्टाभित्रै उपमहासचिव शर्मा देउवा निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।

सत्तारुढ दल कांग्रेस–एमालेबीच सम्बन्ध चिसिँदै गएको गाइँगुईँ चलिरहेकै अवस्थामा प्रचण्डले फोन गरेलगत्तै उपमहासचिव शर्माले निवासमै पुगेर देउवासँग भेट्नुलाई विशेष रुपमा हेरिएको छ । प्रचण्डले कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन चाहेको खण्डमा विना शर्त सहयोग गर्ने बताइसकेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार २१:३४   :  बजे

219
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।