Logo

प्रमुख समाचार

भैरहवा विमानस्थल छानबिन गर्न गठित उपसमिति संयाेजकमा मञ्जु खाँण



काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचार र अनियमितता छानबिन गर्न बनेको उपसमितिको नेतृत्व मञ्जु खाँणले गर्ने भएकी छिन् ।

आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको उपसमितिको बैठकले नेपाली कांग्रेसकी सांसद खाँणलाई संयोजक चयन गरेको हो ।

यसअघि संयोजकमा एमाले सांसद योगेश भट्टराई तोकिएका थिए। तर, उनले छानबिन अघि नै प्रारम्भिक प्रतिवेदन तयार पारेको भन्दै उठेको आलोचनापछि पदबाट पछि हट्ने घोषणा गरेका थिए। उनको घोषणापश्चात खाँडलाई नेतृत्व दिइएको हो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रारम्भिक लगानी अनुमानभन्दा निकै बढी खर्चिएर बनेसँगै त्यसमाथि प्रश्न उठेको थियो ।

विमानस्थल निर्माणका क्रममा करिब २२ सय घरधुरीलाई २३ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिएको थियो। तर मुआब्जा वितरणको प्रक्रियामै अनियमितता भएको भन्दै प्रश्नहरु उठेका थिए। शुरुमा ६ अर्ब २२ करोड रुपैयाँमा निर्माण सकिने अनुमान गरिएको विमानस्थलको लागत अन्ततः ८ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ।

यी विषयको छानबिनका लागि प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले उपसमिति गठन गरेको थियो। तर, उपसमिति संयोजक योगेश भट्टराईमाथि नै प्रश्न उठेपछि उनले आफू उपसमितिमा नबस्ने घोषणा गरेको थिए ।

नयाँ संयोजकको रूपमा कांग्रेस सांसद मञ्जु खाँण नियुक्त भएकी छन्। उक्त उपसमितिले स्थलगत अध्ययन गर्दै मुआब्जा वितरण, लागत वृद्धि, निर्माणको गुणस्तर र ढिलाइका कारणबारे विस्तृत छानबिन गर्ने बताइएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आईतवार २१:२४   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।