Logo

प्रमुख समाचार

केपी ओलीकै नेतृत्वमा संविधान बनेको हो र देश लोडसेडिङमुक्त भएको हो : शंकर पोख्रेल



काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा लोकतान्त्रिक संविधान बनेको र देश लोडसेडिङमुक्त भएको दबाी गरेका छन् । उनले ओलीकै नेतृत्वमा अब कहिल्यै पनि नाकाबन्दी नलाग्ने वातावरण बनेको, नेपालको आफ्नो सबै भूमि समेटिएको नक्सा सार्वजनिक भएको विगत स्मरण गराए ।

नेपाली भूमि प्राप्त गर्न समय लाग्ने भए पनि दस्ताबेजमा आफ्नो देशको भूमि देशका नक्सामा आएको बताउँदै उनले भने,‘यो मुलुकमा व्यवस्थित सोचका साथ काम गर्ने कुनै पार्टी छ भने त्यो नेकपा (एमाले) हो, जनताका मुर्झाएका सपना जगाउने कुनै पार्टी छ भने त्यो एमाले हो ।’

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय शिक्षा विभागद्वारा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई हिजो (शनिबार) तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीति सही मार्गलाई स्थापति गर्ने कुरामा सङ्गठित रूपमा लाग्नुपर्नेमा जोड दिएका हुन् । उनले सञ्चार प्रविधिको दुरुपयोग गर्दै राजनीतिलाई गलत दिशामा लैजाने प्रयास भइरहेको बताए ।

उनले देशलाई सही दिशामा लैजान एमालेको नीति राष्ट्रको नीति बन्नुपर्नेमा जोड दिँदै त्यसका लागि एमाले एकल बहुमतसहित सरकारमा जानुपर्ने धारणा राखेका थिए । एक्लो वृहस्पति झुठो हुन्छ भन्ने गरिए पनि समय क्रममा वृहस्पतिले अघि सार्नु भएका मान्यता सही प्रमाणित भए जस्तै नेकपा (एमाले)ले अघि सारेका विचार पनि सही प्रमाणित हुने महासचिव पोखरेलको विश्वास छ । उनले भाइरल बन्नका लागि गरिएका प्रचार धेरै समय नटिक्ने र भिडका पछाडि लाग्नेहरू बिस्तारै सेलाएर जाने बताए ।

महासचिव पोखरेलले आजको नयाँ पुस्ताले ठिक र बेठिक छुट्याउन सक्नुपर्ने बताए । राजावादी र मण्डलेहरू अहिले लोकतन्त्रले के दियो ? भन्ने प्रचारमा लागेको बताउँदै उनले भने–नेपाली समाज राजाकै कारण पछाडि परेको हो भन्ने कुरा बुझ्न आवश्यक छ ।

नेपालका पुराना राजनीतिक दलले स्वतन्त्रताको लागि र लोकतन्त्रको लागि लडाइँ नलडेका भए अहिले पनि मुलुक अँध्यारोमा नै हुने महासचिव पोखरेलले बताए । सशस्त्र आन्दोलनको नाममा १० बर्षसम्म राजा र माओवादी मिलेर कांग्रेस र एमालेका नेता कार्यकर्तालाई कुट्ने र काट्ने काम गरेका उनको भनाइ छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आईतवार २१:४८   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।