Logo

अर्थ

ओलीले देउवालाई टेरेनन्, गभर्नर नियुक्त गर्न ४८ घण्टे अल्टिमेटम



काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर ४८ घण्टाभित्र नियुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई  अल्टिमेटम दिएका छन् ।

देउवाले  सोमबार साँझ बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित गराउँदै ओलीलाई प्रतिबद्धता अनुसार गभर्नर नियुक्त गर्न अल्टिमेटम दिएका हुन् ।

गभर्नर नियुक्तिका सन्दर्भमा ओलीकै निर्देशन अनुसार एकपछि अर्को गर्दै पात्र अघि सार्दै  आएका देउवाले गभर्नर नियुक्तिमा छलफल नभएको भन्दै आपति जनाएका हुन् ।

सरकारमा रहेका दुई दलबीच गभर्नर कांग्रेसले इच्छाएको व्यक्ति  गभर्नर बनाउने भनिएपनि  प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को बहाना गर्दै नियुक्ति लम्ब्याई रहेका छन् ।

सुरुमा कांग्रेसले राष्ट्र बैंककै कार्यकारी निर्देशक  डा. गुणाकर भट्टलाई अगाडि सारे पनि उनको राजीनामा स्वीकृत नगरेर अप्ठ्यारो पारेका ओलीले  गभर्नर सिफारिस समितिमै रहेका विश्व पौडेललाई गभर्नरमा अघि सार्न सुझाव दिए पनि ओलीले आलटार गरेपछि सभापति देउवा सरकारप्रति आक्रामक देखिएका हुन् ।

सोमबार साँझ देउवाले ‘मन्त्रिपरिषद बैठक किन बस्नुपर्‍यो’ भन्दै रोकिदिएपछि प्रधानमन्त्री ओली उनलाई भेट्न बुढानिलकण्ठस्थित निवासमै आउने खबर पठाएका थिए। तर देउवाले बुढानिलकण्ठमा समेत ओलीसँग भेट्न अस्वीकार गरेका छन् ।

प्रतिबद्धता अनुसार गभर्नर नदिने ओलीले देउवालाई प्रधानमन्त्री दिन्छन् भन्ने कुरामा विश्वास नरहेको भन्दै कांग्रेसका नेताहरुले उनलाई सचेत रहन आग्रह गर्दै आएका छन्। त्यसमाथि पनि  सोमबारको घटनापछि कांग्रेस र एमाले सम्मेलित ओली नेतृत्वको सरकार समाप्ति हुने सजिलै अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलवार ०८:३९   :  बजे

5.3K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।