Logo

प्रमुख समाचार

माओवादी केन्द्र र नेसपा एकीकरण घोषणा सोमबार, ग्वार्कोमा कार्यक्रम तय



काठमाडौं । नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच आउँदो सोमबार एकता घोषणा गरिने भएको छ।

नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय नेसपाले आइतबार गरेको हो। एकता घोषणाका लागि सोमबार बिहान ११:३० बजे, ललितपुरको ग्वार्कोस्थित खरिबोटको कान्तिपुर ब्यांक्वेटमा कार्यक्रम तय गरिएको छ।

एकता घोषणा कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित दुवै पक्षका शीर्ष नेताहरूको उपस्थिति र सम्बोधन रहनेछ।

यो पार्टी एकता नेपाली वामपन्थी राजनीतिक परिदृश्यमा अर्को चरणको पुनःगठनको संकेतका रूपमा हेरिएको छ। माओवादी केन्द्र पछिल्लो समय विभिन्न साना दलहरूलाई समेट्दै संगठित विस्तारको रणनीतिमा देखिएको छ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आईतवार २२:०८   :  बजे

585
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।