Logo

अर्थ

कर्णालीको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने



सुर्खेत । कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज (बुधवार) प्रस्तुत हुँदैछ । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत हुने भएको हो ।

सरकारकातर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम पेस गर्नेछन् । आज दिउँसो ३ बजेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी आँखाको उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले कर्णाली प्रदेश प्रमुखको कार्यभार सम्हालेका थिए ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार १०:४७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।