काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको एक वर्ष पुग्न लाग्दा पनि छिमेकी भारत र चीन दुबैको तर्फबाट अपेक्षित समर्थन नदेखिएको विश्लेषण गरिएको छ।
भारत प्रधानमन्त्री ओलीप्रति अझै असन्तुष्ट देखिँदा, चीनले पनि उनलाई पूर्ण रूपमा विश्वास नगरेको संकेत देखिएको छ। यस्तो अवस्थामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो चीन भ्रमणलाई धेरैले नेपालमा वामपन्थी एकताको प्रयासका रूपमा हेरिरहेका छन्।
दश दिनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएकी भण्डारीलाई चीनले सम्भावित वाम एकताको सूत्रधारका रूपमा देखेको आकलन गरिएको छ।
यदि भण्डारीले सरकारी सेवा–सुविधा त्यागेर एमालेको सक्रिय राजनीतिमा फर्किने निर्णय लिइन् भने, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका अन्य साना वामपन्थी दलहरू पनि एक ठाउँमा आउन सक्ने अनुमान छ।
यसले वाम एकता र स्थिर सरकारको सम्भावना बढ्ने र देशको समृद्धिको दिशामा प्रभाव पर्ने विश्वास गरिएको छ। तर, भण्डारीको भूमिकाबारे ठोस निर्णय आउन अझै बाँकी छ।
















प्रतिक्रिया