Logo

प्रमुख समाचार

एनआरएनए नागरिकतासम्बन्धी विधेयकको मस्यौदा तयार भइसक्यो : गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीसम्बन्धी नागरिकताको विधेयक ड्राफ्ट भइसकेको स्पष्ट पारेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले भने,‘गैरआवासीय नेपाली नागरिकता दिँदा राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सहितको जुन संविधानको भावना छ, त्यो अनुसार गैरआवासीय नेपाली सम्बन्धी विधेयक ड्राफ्ट भइसकेको छ। विभिन्न मन्त्रालयहरुमा राय, परामर्शहरुका लागि पनि गइसकेको छ। त्यसलाई सरकारले चाँडै क्याबिनेटको सहमतिका साथ सदनमा ल्याउँछ ।’

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शनिबार १६:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।