Logo

प्रमुख समाचार

पूर्वराष्ट्रपति भण्डारीले एमाले अध्यक्ष बन्छु भनेको सुनेको छैन : शेरधन राई



एमाले स्थायी कमिटी सदस्य शेरधन राईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष बन्छु भन्ने आफूले नसुनेको बताएका छन् । आज (बिहिबार) प्रेस चौतारी नेपाल खोटाङले गरेको पत्रकार सम्मेलनमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका एमाले नेता राईले यस्तो बताएका हुन्  ।

नेता राईले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियताबारे यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘एमाले अध्यक्ष बन्ने, केपी ओलीलाई रिप्लेस गरेर अध्यक्ष बन्ने कुरा हामीले सुनेको छैन, मैले सुनेको छैन ।’ कोशी प्रदेश इन्चार्ज रहेका राईले पूर्वराष्ट्रपति भण्डारीले देश र पार्टीहरुको बारेमा चासो राख्नुलाई अस्वभाविक रूपमा हेर्न नहुने पनि बताएका छन्  ।

नेता राईले भने, ‘उहाँ (विद्या भण्डारी) सक्रिय राजनीतिकर्मी र सफल राष्ट्र अध्यक्ष भएकाले देश र राजनीतिमा चासो राख्नु स्वभाविक कुरा हो । उहाँले एमालेलाई पनि सुझाव दिन सक्नु हुन्छ, अन्य राजनीतिक दलहरूलाई पनि सुझाव दिन सक्नु हुन्छ ।’ यदि पार्टीले आवश्यक ठानेर आग्रह गर्दा भने पूर्वराष्ट्रपति भण्डारीले निर्णय लिन सक्ने उनले बताए ।

‘भोलि पार्टीले त्यो आवश्यकता ठान्यो, छलफलको विषय बन्यो, पार्टीले आग्रह गर्ने स्थिति बन्यो, त्यो सन्दर्भमा उहाँले निर्णय गर्ने कुरा हो,’ राईले भने ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहीबार २२:४०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।