Logo

प्रमुख समाचार

माओवादी कांग्रेस र एमाले जस्तो पार्टी होइन : प्रचण्ड



मुस्ताङ । नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र दलालका लागि काम गरिरहेका बताएका छन्। मुस्ताङ पुगेका प्रचण्डले पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी अन्य पार्टीहरू भन्दा फरक रहेको जिकिर गरे।

उनले भने, ‘माओवादी अरूजस्तो पार्टी होइन। हामी जनताको हितका लागि काम गर्छौँ। तर कांग्रेस र एमाले बिचौलिया र दलालका लागि काम गरिरहेका छन्।’

उनले माओवादी नेता तथा कार्यकर्ताहरूलाई जनतामा पुग्न, जनताको आत्मसम्मान जोगाउन र समस्या समाधानमा सक्रिय भूमिका खेल्न निर्देशन दिए।

उनले थपे, ‘हामी यहाँ केही उद्देश्य लिएर आएका छौँ। मुख्य उद्देश्य भनेको मुस्ताङलाई कसरी अघि बढाउने भन्ने हो। विकास र समृद्धिको यात्रामा माओवादी केन्द्र प्रतिबद्ध छ।’ माओवादीले मुस्ताङलाई नमूना जिल्लाको रूपमा विकास गर्ने स्पष्ट योजना बनाएको सुनाए।

उनले भने, ‘हामीले मुस्ताङको वस्तुगत अवस्था बुझ्न स्थलमार्ग हुँदै गाउँगाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरेका छौँ। जनताका समस्या बुझेका छौँ र अब समाधानमा इमानदारीपूर्वक लाग्न आवश्यक छ।’

मुस्ताङको भौगोलिक कठिनाइलाई मध्यनजर गर्दै दीर्घकालीन योजना बनाएर अघि बढ्न आवश्यक रहेको समेत बताए।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, बिहीबार २२:४५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।