Logo

आइपीएल: राजस्थान रोयर्ल्सका जोफ्रा आर्चर प्रतियोगिता भरिकै उत्कृष्ट खेलाडी घोषित



इण्डियन प्रिमियर लिग (आईपीएल) टी-२० को १३ औं संस्करणका मोस्ट भ्यालुएबल प्लेयर अर्थात् प्लेयर अफ द सिरिज राजस्थान रोयल्सका तीब्र गतिका बलर जोफ्रा आर्चर घोषित भएका छन् ।

गएराति दुबईमा सम्पन्न आईपीएलको अंक तालिकामा राजस्थान अन्तिम स्थानमा रहे पनि आर्चर भने लिगकै मोस्ट भ्यालुएबल प्लेअर घोषित बने । आर्चरले मुम्बई इन्डियन्सको बलर जसप्रित बुमराह र दिल्ली क्यापिटल्सका बलर कागिसो रबाडालाई पछि पारे ।

पाँचौ पटक उपाधि जितेर किर्तिमान रचेको मुम्बईले  फेयर प्लेको अवार्ड समेत जितेको छ ।

यस्तै मुम्बईकै किरण पोलार्ड, इशान किसन र ट्रेन्ट बोल्टले समेत व्यक्तिगत अवार्ड जिते । किरणले सुपर स्ट्राइकर अवार्ड र बोल्टले पावर प्ले अवार्ड र इशानले सर्वाधिक छक्का प्रहार गर्ने अवार्ड जिते ।किशानले लिगभर कुल ३० छक्का प्रहार गरे ।

आइपीएल १३औं सिजनको इमर्जिङ प्लेयर अवार्ड रोएल च्यालेन्जर्स बैंगलोरका युवा ओपनर ब्याट्सम्यान देबदत्त पाडिक्कलले जिते । 

 

प्रकाशित मिति : कार्तिक २६, २०७७ बुधबार  ११ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।