दाङबाट चितुवाको छाला र झण्डै ४ किलो अफिमसहित दुई व्यक्ति पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १२ निवासी २६ वर्षीय मधु डाँगी र प्यूठान जिल्लाको नौं बहिनी गाउँपालिका वडा नं. ५ निवासी २७ वर्षीय धनसिंह टमाटा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले गोप्य सूचनाको आधारमा मंगलबार बेलुका ८ बजेतिर उनीहरूलाई घोराही ८ बन्गाउँ क्षेत्रबाट पक्राउ गरिएको बताए ।
उनीहरूको साथबाट ६ फिट ११ इञ्ज लामो चितुवाको छाला र ३ किलो ७ सय ५० ग्राम अफिम बरामद भएको एसपी चन्दले जानकारी दिए । पक्राउ परेकाहरूमामाथि आवश्यक अनुसन्धान भइरहेको एसपी चन्दले बताएका छन् ।
प्रतिक्रिया