Logo

अर्थ

सेयर बजारमा ३२ अंकको गिरावट, ९ अर्ब १४ करोड कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३२.९३ अंकले घटेर २५९५ को विन्दुमा कायम भएको छ ।

आज २३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २२५ कम्पनीको मूल्य घटेको छ ।

आज ९ अर्ब १४ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै दोर्दी खोलाको कारोबार भएको छ । यस कम्पनीको ७५ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जोशी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै पियोर इनर्जीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ८ असार २०८२, आईतवार १५:२६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।