Logo

पत्रपत्रिका

गुटबन्दीका झस्काले प्रधानमन्त्री आत्तिए : विद्यालाई छेक्ने पार्टी मै अल्पमत !



काठमाडौं । पार्टीमा गुटबन्दी छैन भन्ने तर आफै गुट खडा गर्ने केपी ओलीले त्रिभुवन विश्वविद्यालयलाई ध्वस्त बनाए। देशको सार्वजनिक सम्पत्ति सुकम्वासीको नाममा हुकुमबासीलाई दिलाएका कारण कैयौ ठाउँमा विवाद बढ्यो ।

राज्य निरिह बन्ने कानून कार्यान्वयन नहुने अवस्था दुई तिहाईले बनाएकै बेला देशको युवाहरू पर्यटकीय भिसामा बेचेर हजम गर्ने मावन तस्करको नायक बन्न वाध्य हुनु भनेको त्यो पदको सुरक्षा गर्नु मात्रै हो।

“विद्या भण्डारी जर्वजस्त एमालेको नेतृत्व लिने गरी आउनुको कारण पद पछाडि चीनियाँ कडी भएपनि नेपालका वामपन्थी शक्तिहरूको सहयात्रा प्रधान हो।

केपीबाट त्यो सम्भव छैन । उनले एकीकृत पार्टी हुँदा पद आफैँ लिने अरुलाई अधिकार नदिएकै कारण विवाद बढ्यो । सर्वोच्च अदालत लगाएत पार्टी तीन टुका नेता चार समूहमा खण्डित भएको तितो सबै सामु छर्लङ्ग छ।

अध्यक्षसँग पदाधिकारीका नाममा उनी समेत उपाध्यक्ष रामबहादुर थापा सचिव पदमा अर्याल महासचिव शंकर पोखरेल मात्र छन् । पद र सत्ताका लागि सहयात्री नभन्ने मौका सबै आफै हजा गर्ने दुष्टहरू राजनीतिमा हावी भएको बेला देशको बजेट जनताले तिरेको करको दुरुपयोग कसरी हुन्छ भन्ने प्रमाण वर्तमान सरकारद्वारा पेस भएका प्रस्तावहरू हुन ।

गणेशमानको नाममा अपराध धेरै भए। सरकार गठन भएपछि त्यो सबैको हो। कुनै गुट र समूहको मात्र होइन । तर, अहिलेकी सरकार केवल एमालेको ओली गुट र कांग्रेसको देउवा गुटको मात्र भएको छ ।

त्यही कारण कांग्रेभित्र असन्तुष्टि छ । एमालेमा ओली गुट कठोर र विमती राख्ने विरुद्ध खनिने गर्छ। विचारमा विमती हुन सक्छ कार्यक्रममा फरक विश्लेषणमा भिन्न मत राख्ने त्यहीकारण ओली पक्षले आफै भित्रका वृन्दा पाण्डे र उषा किरण तिमिल्सिनामा थप कारवाहीको डण्डा चलायो ।

त्यसो त ओलीलाई निविरोध हुन नदिएको सजाए भीम रावलले सहेका छन् । त्यसको विकल्प ओलीको मिसन ०८४ मा सुदूरपश्चिमबाट एमालेले पाउने खबर दबाबमा उल्लेख छ । एमालेमा ओलीलाई बा भनेर स्वार्थ पूरा गरेकाहरू पनि पाखा लाग्दैछन् । त्यहाँ ११ औ महाधिवेशन उपस्थिति हुनेछ । सकेसम्म विद्यालाई छेक्ने ओलीको प्रयास सफल हुने छैन ।

पार्टी मात्र होइन वामपन्थी सहकार्य र एकता समेत भत्काउने काम ओलीबाट हुन थाल्दा गगन, विष्ट र योगेशहरू समेत बोल्न नसक्ने भएका छन् । सत्ता लम्पट र पद प्राप्तिको आशमा योगेशको टुक्राइ पनि निस्तेज हुँदा गुटिय द्वन्द्वले ठाउँ पाएको हो ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार २१:०७   :  बजे

252
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।