Logo

प्रमुख समाचार

रौतहटमा सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु



रौतहट । सेफ्टी ट्यांकीमा खसेर रौतहटमा दुई बालबालिकाको मृत्यु भएको छ ।

चन्द्रपुर १० निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको ट्यांकीमा खसेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरपुरमा प्रमुख,प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

मृतक दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टिक ट्यांकीमा खसेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई त्यहाँबाट निकालेर उपचारका लागि सरकारी अस्पताल चन्द्रनिगाहपुर लगिएकोमा डाक्टरहरुले ८स्१५ बजे मृत घोषणा गरेको प्रमुख राईले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको राईले बताए ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार ०८:३८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।