Logo

कर्णाली प्रदेश

धनगढीमा २४ घण्टामा २०२ मिलिमिटर वर्षा, डुबानले जनजीवन अस्तव्यस्त



कैलाली । लगातारको वर्षाले धनगढी उपमहानगरपालिकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार धनगढी विमानस्थल क्षेत्रको मापन स्टेसनमा पछिल्लो २४ घण्टामा २०२.२ मिलिमिटर वर्षा मापन गरिएको छ । विभागले उक्त वर्षालाई ‘अत्यधिक’ श्रेणीमा राख्दै सतर्क रहन आग्रह गरेको छ ।

उपमहानगरपालिकाको वडा नम्बर ८ र १२ लगायतका टोलका अधिकांश घरमा पानी पसेपछि स्थानीयहरूको सामानमा क्षति पुगेको छ । वडा नम्बर ८ को शिक्षानगर डुबानको चपेटामा छ। घरभित्र पानी पसेपछि दराज, फ्रिज, लाे बेड, अन्नपात लगायतमा ठुलो क्षति पुगेको छ ।

स्थानीय दिनेश बोहराले लाखौँ रुपैयाँको क्षति भएको बताएका छन् । ‘घरभित्रका सबै सरसामान सखाप भएका छन् ।’ उनले भने, ‘स्कुटर, बाइक पनि डुबेको छ । अहिले हामी छिमेकीको घरमा शरण लिएका छौं ।’ उनका अनुसार टोलका अधिकांश घरहरूको अवस्था उस्तै रहेको छ ।

त्यस्तै, धनगढी-१२ पनि पुरै डुबानमा छ । बजारकाे मुख्य सडक पनि डुबानमा छ । सुरक्षाकर्मीले उद्धारकाे काम गरिरहेका छन् ।

कञ्चनपुरकाे कृष्णपुर, बेलाैरीमा पनि डुबान छ । सुदूरपश्चिमका तराईका जिल्लामा डुबानमा परेका छन् । पहाडी जिल्लामा पनि वर्षा जारी छ ।

सेती नदिमा पानीकाे वहाव बढेपछि बैतडीको सिगास -५ ढुङ्गाढका स्थानीय त्रसित छन् । खाेला तथा नदीहरुमा पानीकाे बहाव बढेपछि डुबान भएको छ । अहिलेसम्म ठुलाे क्षतिकाे घटना भने नआएको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको  छ । विपदकाे समयमा सावधानी र सुरक्षा अपनाउन प्रशासन सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार १३:१८   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।