Logo

कर्णाली प्रदेश

जाजरकोटमा सुतेका बेला ढुङ्गाले लागेर दिदीबहिनीको मृत्यु



सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै घरका दिदीबहिनीको भिरमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा नरबहादुर बुढाका छोरीहरु १८ वर्षीया शर्मिला र १४ वर्षीया चमेली रहेको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए ।

बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेका थिए ।

राति ९ बजेतिर भिर माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिए ।

प्रहरीसमेत घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार ०७:१८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।