Logo

प्रमुख समाचार

विद्याको पार्टी सदस्यतामाथि किन खेलवाड ? संस्थापन पक्षको घेराबन्दीमा विद्या



काठमाडौं ।  संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले अध्यक्ष केपी ओलीको स्वीकृत बिना पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण गर्दा असार १४ सम्म एमालेमा तरंग थिएन ।

तर, आज एमाले तरङ्गित छ । एमालेभित्रको तरङ्ग पार्टीको लडाई हो । जनताकोे बारेमा होइन, नेतृत्व सत्ता स्वार्थमा रमाएको कारण मुलुक आर्थिक रुपमा टाट पल्टी रहेको छ ।

प्रधानमन्त्री ओली कालोबजारी, महङ्गी, अभाव, शैक्षिक बेरोजगारी नियन्त्रणमा महत्व दिने नेता होइनन्, कांग्रेसबाट त्यो अपेक्षा हुँदैन ।

पद पाएपछि त्याग्न नचाहने सरकारको नीति र नियम फेर्ने प्रवृत्ति प्रधानमन्त्री ओलीबाट भएको छ ।

पूर्व राष्ट्रपति आफ्नो प्रतिस्पर्धी बन्ने डरले विधान सभामा विद्यालय रोक्न खोजेका थिए ।

सभामुख संविधानसभा अध्यक्ष भएका स्व. सुभाष नेम्वाङलाई उपाध्यक्षमा मनोनित गरिएकै थियो ।

विद्याले अध्यक्षमा दाबी गर्दा केपी समूह आक्रामक देखिएको छ । वर्तमान नेतृत्व भएको व्यवहारले देखाउँछ ।

उमेरहद ल्याएर अरुलाई छेक्दा त्यो जालमा आफै परिन्छ भन्ने हेक्का प्रधानमन्त्रीलाई नहुँदा यो स्थिति आएको हो ।

नेकपा एमालेकै सक्रिय राजनीतिमा आउन विद्यालाई बाटो देखाउने उनै ओली हुन् ।

जसले आफू नेतृत्वविरुद्ध लाग्दा प्रयोग भएको मदन भण्डारी फाउन्डेसन आज आफैविरुद्धको मोर्चा बन्ला भन्ने सोचेनन् ।

एमालेका विद्रोही नेता जन्माउने पनि ओली नै हुन् भन्नेहरुपनि एमालेमा छन् ।

माधवले पार्टी नेतृत्व लिँदा ओलीले साथ दिएका थिएनन् । आज त्यो स्थिति छैन । तर प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई यो बेला टेन्सन बढेको छ ।

संस्थापन पक्षको घेराबन्दीमा विद्या

सरकारी सेवा सुविधा पनि नछाड्ने पार्टीको आरिसे रोगको उपचार नहुँदा नेकपा एमालेमा गुट पैदा भएको छ ।

पहिला माधव र झलनाथसँगै हुँदा आफ्नो छुट्टै गुट बनाएर मदन भण्डारी फाउन्डेसनको नाम भजाएका अध्यक्ष केपी ओलीले आज आफ्नै बाटो अरुले छेक्नखोज्दा आतिएका छन् ।

एमालेमा ओलीको दोस्रो कार्यकाल निरंकुशतातर्फ गएको छ । पार्टीमा बहस गर्न नदिने, जनवर्गीय संगठनमा प्रतिस्पर्धा गर्न नदिने, क्षमता, योग्यता, लगनशीलता भन्दा चाकडीबाजलाई ठाउँ दिने काम पनि ओली कालमै भएको छ ।

प्रधानमन्त्री केपी ओलीले सरकारको स्तरमा भित्र्याएका अस्गर अली, विनोद दाहालहरूले एमालेको संगठन चिन्दैनन् ।

द्वन्द्व समाधान सल्लाहकारको रुपमा नियुक्ति भएका अग्नि खरेलको पद प्रधानमन्त्री कार्यालयको निर्देशिकाले चिन्दैन ।

राजधानीकै संगठनमा कृष्णगोपालहरू पहिला ओलीको काँध थाप्दै केपी ओली अन्तर्राष्ट्रिय फुटबलको पेले जस्तै नेपाली राजनीतिको पेले भन्थे । आज उनै गोपालको गणना छैन ।

यस्तै स्थिति विद्यासुन्दर शाक्यको छ । ओलीले च्यापेर ठाउँ दिएका र गल्ती गर्दा जोगाइएकाहरू क्रमश उनीसँग टाढिएका छन् । त्यसैकारण एमालेमा सधैं ओली हुँदैन, पार्टीको दुईपटक उपाध्यक्ष भएकी विद्या भण्डारी अध्यक्षमा आउनुपर्छ भन्दै पूर्वमा विनोद ढकाल, बागमतीमा गोकुल बास्कोटा, डोरमणि पौडेल, सुदूरपश्चिममा कर्ण थापा, लुम्बिनीमा युवराज ज्ञवाली, गण्डकीमा पृथ्वी सुब्बाहरू लागेका छन् ।

उपाध्यक्ष विष्णु पौडेल नै विद्याको टिमबाट अर्थमन्त्री बनाइएको सम्म भनियो । माधवलाई उचालेर पार्टी फुटाएर आफू एमालेमा बसेकाहरू मध्ये पद पाएकाहरू समेत आफ्नो पदीय पहिचान नपाउँदा आक्रोशित छन् ।

अन्य वामपन्थी दलहरूसँगको सम्बन्धमा विद्या आउनु र ओली रहिरहनुको अर्थ हुँदैन । किनकि एमालेको हेपाइ नीति यथावत छ ।

सहयात्री दलहरूले सरकारको साथ छाड्दा पनि प्रधानमन्त्रीको दम्भले दुई तिहाई घट्दो छ ।

जसपा उपेन्द्र यादव र रेशम चौधरीको पार्टीले दुई तिहाई भत्काउँदासमेत प्रधानमन्त्रीले चिन्ता लिएका छैनन् । पार्टीमा पनि त्यस्तै छ ।

कुनै पनि विषयमा छलफल नहुँदा हरेक मुद्दामा एमाले अध्यक्षको मुख ताक्नुपर्दा संस्थापक निर्णय कस्तो हुने प्रश्न छ सामूहिकतालाई जोड दिनेहरूले नै विद्याको आवश्यकता खोजिरहेका खबर तामाकोशी सन्देशमा उल्लेख छ  ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार १२:५०   :  बजे

330
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।