Logo

बागमती प्रदेश

ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते



मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, रमनटारस्थित सडकखण्डमा ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३०४० नम्बरको ट्रकले विपरीत दिशातर्फबाट आउँदै गरेको बा प्र ०३–०४ प ११६२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले दुर्घटनामा स्कुटर चालक चितवनको भरतपुर महानगरपालिका–११ निवासी ५१ वर्षीय मोतीबहादुर क्षेत्रीको मृत्यु भएको जानकारी दिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परेर सोही स्कुटरको पछाडि सवार भरतपुर महानगरपालिका–९, सरतपुर निवासी ३६ वर्षीया नरमाया गुरुङ घाइते भएकी छन् । उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार २१:५५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।